कर्णाली करिडोर अवरुद्ध

कालीकोट, २९ असार । आज बिहान आएको पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध भएको छ ।

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका-८ लाफा बजारमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक अर्जुन केसीले जानकारी दिए । कर्णाली करिडोरमा पहिरोका कारण सवारीसाधन नियमित रुपमा चल्न नसकेको उनले बताए ।

यसैगरी कर्णाली करिडोरअन्तर्गत हुम्ला सडकखण्ड नौ दिनदेखि अवरुद्ध छ । सिमकोट-हिल्सा सडकखण्डको नाम्खा र सिमकोट गाउँपालिकाको सिमाना हेक्पा खोलामा निर्माण गरिएको काठेपुल बाढीले बगाएपछि सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ बैशाख । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१६, फारमस्थित पूर्व–पश्चिम राजमार्गमा जेसीबी र कार ठोक्किँदा एकै ५ जना

काठमाडौँ, ५ बैशाख । गुल्मीको रेसुंगा विमानस्थलबाट आजदेखि सातामा चारपटक हवाई उडान सञ्चालन गरिने भएको छ । नेपाल वायुसेवा निगमले

काठमाडौँ, ५ बैशाख । कैलालीमा मरेको ब्रोइलर कुखुुराको मासु खाएर बिरामी भएका दुई बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बिहीबार

काठमाडौँ, ५ बैशाख । कञ्चनपुरमा ९ ग्राम भन्दा बढी लागूऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार बेलडाँडी