नगदसहित चार हुण्डी कारोबारी पक्राउ

बाँके, २९ असार । बाँकेमा साढे २४ लाखभन्दा बढी रकमसहित चार जना हुण्डीकारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका – १८ का २९ वर्षीय राजु भुजु श्रेष्ठ, नेपालगञ्ज – ३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका – ७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुरको भिमदत्त नगरपालिका– ७ घर भइ बाँकेको नेपालगञ्ज – ३ बस्ने ३० वर्षीय राहुल देवल रहेका छन् ।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा उनीहरुलाई शुक्रबार नेपालगञ्ज – १२ बेलासपुरस्थित टिभी, फ्रिज मर्मत गर्ने पसलबाट पक्राउ गरिएको हो । टिभी र फ्रिज मर्मत गर्ने पसलमा बिगतदेखि नै अवैध रुपमा हुण्डीकारोबार हुँदै आएको भन्ने स्थानीयको गोप्य सूचनाका आधारमा सादा पोशाकका प्रहरीले छापा मारेको थियो। उक्त पसलमा खानतलासी गर्दा बैंकमा पैसा जम्मा गरेका भौचरहरु, हिसाब किताब राखेको कापी, नोट बुकसहित नगद २४ लाख ६२ हजार ३१५ रूपैयाँ बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले अबदेखि राजनीतिक आडमा नभइ योग्यताको आधारमा मात्रै शिक्षकको नियुक्ति हुने घोषणा गरेको छ । आज

काठमाडौँ, २८ बैशाख । सरकारले विदेशबाट फर्किने नेपालीका लागि नयाँ प्याकेज ल्याउने घोषणा गरेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश श्रीकान्त