नेप्से परिसूचक २३.२५ अंकले बढ्यो

काठमाडौँ, २६ असार । नेप्से परिसूचक आज २३.२५ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसूचक १.०८ प्रतिशतले वृद्धि भएर २१७५.४० विन्दुमा बन्द भएको छ ।

नेप्सेका अनुसार पाँच अर्ब ७४ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ३८३ रुपैयाँ २० पैसा कायम भएको छ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.८८ प्रतिशतले घटेको छ । 
 
१९४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ४६ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएका १३ समूहमध्ये विकास बैंक समूहको परिसूचक घटेको छ । विकास बैंक समूहको परिसूचक ०.२९ प्रतिशतले घटेको छ । सर्वाधिक परिसूचक वृद्धि वाणिज्य बैंक समूहको परिसूचक वृद्धि भएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने