रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु

काठमाडौँ, २५ असार । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

प्रहरीका अनुसार सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गए राति पहिरो जाँदा गोठमा सुतिरहेका सिस्ने–१ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएको थियो । तीमध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

ती बालकका बुवा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा र बहिनी नौ वर्षीया तिलसराको अवस्था गम्भीर रहेको छ । उपचारका निम्ति उनीहरूलाई रुकुमकोट पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने