रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु

काठमाडौँ, २५ असार । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते छन् ।

प्रहरीका अनुसार सिस्ने गाउँपालिका–२, दल्लुगैरामा गए राति पहिरो जाँदा गोठमा सुतिरहेका सिस्ने–१ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएको थियो । तीमध्ये ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो ।

ती बालकका बुवा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा र बहिनी नौ वर्षीया तिलसराको अवस्था गम्भीर रहेको छ । उपचारका निम्ति उनीहरूलाई रुकुमकोट पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २९ पौष । मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक भएको छ । पौष २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय सरकारका प्रवक्ता

काठमाडौँ, २९ पौष । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनिर्मित संसद् भवनको निरीक्षण गरेका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे

काठमाडौँ, २९ पौष । सरकारले ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम

काठमाडौँ, २९ पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने