नेप्से परिसूचक ४‍.६२ अङ्कले घट्यो

काठमाडौँ, २४ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ४‍.६२ अङ्कले घटेर दुई हजार एक सय ३६.३५ को अङ्कमा कायम भएको हो ।

सोमबार तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय ६ बराबरको कारोबार भएको छ । वित्त समूह शून्य दशमलव २६, लघुवित्त शून्य दशमलव ९२ र म्युचुअल फण्ड शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । 

सोमबार बैंकिङ शून्य दशमलव १८, विकास बैंक शून्य दशमलव ३६, होटल तथा पर्यटन शून्य दशमलव ९५ र जलविद्युत् समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ । लगानी शून्य दशमलव २९, जीवन बीमा शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव ३३, व्यापार शून्य दशमलव ८२ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सोमबार सबैभन्दा धेरै नौ दशमलव ६८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव ३९ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले