काठमाडौँ, २२ असार । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपालमा निर्माण भएका आदिवासी फिल्मले विश्वमा नेपाललाई चिनाउने काम गरेको बताएका छन् ।
आदिवासी जनजातिले आफ्नो भाषासंस्कृतिलाई मध्यनजर गर्दै फिल्म निर्माण गरेपनि नेपालमा ऐन अभावका कारण ओझेलमा पर्ने गरेको पनि उनको भनाइ छ ।
चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ ले बिहीबार इटहरीमा गरेको ‘बृहत् विचार गोष्ठी कार्यक्रम-२०८१’ मा बोल्दै केसीले आदिवासी जनजातिका विषयमा फिल्म निर्माण गर्नेहरु बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली कला संस्कृति नेपालको गौरव भएको भन्दै यसलाई विश्वमाझ पुर्याउने सबैभन्दा सजिलो माध्यम नै फिल्म भएको उल्लेख गरे ।