काठमाडौँ, २२ असार । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरोले सुर्खेतको कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ ।
कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन् ।
बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।