एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव निकालियो

एजेन्सी, २१ असार । मौरिसनियाका कोस्टगार्डले एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव बाहिर निकालेका छन् ।

बीबीसीका अनुसार एक पाँच वर्षकी बालिकासहित नौजनाको भने उद्धार गरिएको छ । थुप्रै मानिस अझै हराइरहेका छन् । 

अफ्रिकाबाट युरोप जाने क्रममा परम्परागत माछा मार्ने डुंगामा चढेर गएका मानिस दुर्घटनामा परेका हुन् । गत साता मात्रै त्यस्तै डुंगामा चढेर सेनेगल बोर्डरबाट १७० मानिस मौरिसनियातर्फ लागेका थिए । मौरिसनियाको समुद्रीतट हुँदै उनीहरूले स्पेनसम्मको यात्रा तय गरेका हुन् ।

मौरिसनिया अफ्रिकाबाट युरोप जाने आप्रवासीको ट्रान्जिटको रुपमा रहँदै आएको छ । स्पेन सरकारका अनुसार गत वर्ष यसैगरी ४० हजार मानिस स्पेन पुगेका थिए । गएको पाँच महिनामा यसैगरी यात्रा गर्ने क्रममा पाँच हजार मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति