एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव निकालियो

एजेन्सी, २१ असार । मौरिसनियाका कोस्टगार्डले एटलान्टिक महासागरबाट ८९ आप्रवासीको शव बाहिर निकालेका छन् ।

बीबीसीका अनुसार एक पाँच वर्षकी बालिकासहित नौजनाको भने उद्धार गरिएको छ । थुप्रै मानिस अझै हराइरहेका छन् । 

अफ्रिकाबाट युरोप जाने क्रममा परम्परागत माछा मार्ने डुंगामा चढेर गएका मानिस दुर्घटनामा परेका हुन् । गत साता मात्रै त्यस्तै डुंगामा चढेर सेनेगल बोर्डरबाट १७० मानिस मौरिसनियातर्फ लागेका थिए । मौरिसनियाको समुद्रीतट हुँदै उनीहरूले स्पेनसम्मको यात्रा तय गरेका हुन् ।

मौरिसनिया अफ्रिकाबाट युरोप जाने आप्रवासीको ट्रान्जिटको रुपमा रहँदै आएको छ । स्पेन सरकारका अनुसार गत वर्ष यसैगरी ४० हजार मानिस स्पेन पुगेका थिए । गएको पाँच महिनामा यसैगरी यात्रा गर्ने क्रममा पाँच हजार मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ चैत । सेयर बजार परिसूचक (नेप्से) आज १०.१४ अङ्कले घटेको छ । आइतबार २१.६३ अङ्कले ओरालो लागेको नेप्सेले सोमवार

काठमाडौँ, ४ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नागरिक लगानी कोष, सञ्चय कोष लगायतका कोषहरुको लगानी उत्पादनमुलक

काठमाडौँ, ४ चैत । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

काठमाडौँ, ४ चैत । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक ११ बजे संसद भवन नयाँ बानेश्वरमा सुरु भएको छ । प्रत्यक्ष प्रसारण