सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेन : रघुवीर महासेठ

काठमाडौँ, २८ जेठ । कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्यूनीकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् । 

आज राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरे ।

उनले संविधान अनुसार सडकमा हुने दुर्घटना न्यूनीकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र सङ्घीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानुन बनाउने काम गरिरहेको बताए । कार्यवाहक प्रधानमन्त्री महासेठले सवारी साधन अनुमति पत्र (लाइसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई सङ्घीय सरकारले हस्तक्षेप नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ जेठ । कान्तिलोकपथअन्तर्गत मकवानपुरको बगुवा खोलाको पुलमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हेटौँडाबाट

काठमाडौँ, १७ जेठ । मकवानपुरको हेटौँडास्थित एक निजी विद्यालयका शिक्षक विद्यार्थी कुटपिट गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी

काठमाडौँ, १७ जेठ । दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बबई गाउँपालिका–७ बेलासपुर र कृष्णपुरघाट क्षेत्रमा

काठमाडौँ, १७ जेठ । पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका वडा नम्बर १५ चिन्तामणी टोलमा एक बाबुले छोराको हत्या गरेका छन् ।