काठमाडौँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी

काठमाडौँ, २८ जेठ । काठमाडौँमा लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ ।

आइतबार साँझ काठमाडौँको टोखा नगरपालिका–५ श्रीटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी पुष्पा भण्डारी उपाध्यायको कोठाबाट नगद, सुनका विभिन्न गरगहना, ल्यापटप, मोबाइल गरी करिब २१ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

कोही नभएको अवस्थामा भण्डारीको कोठाको ताला फोडेर धनमाल चोरी भएको हो । उनकाे काेठाबाट  लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएकाे छ । प्रहरीले चोरीमा संलग्न व्यक्तिहरू फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्