नेप्से परिसूचक ४.५९ अंकले घट्यो

काठमाडौँ, २७ जेठ । आज सेयर बजार ४.५९ अंकले घटेर बन्द भएको छ । कारोबार सुरु भएदेखि नै ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.५९ अंकले घटेर बन्द भयो । यो ०.२२ प्रतिशतको गिरावट हो ।

०.२२ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २०७३ विन्दुमा आएर रोकिएको छ । यसक्रममा आइतबार ९७ वटा कम्पनीको मूल्य बढेको छ भने १४७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ३ कम्पनीको मूल्य भने स्थिर छ ।

आइतबार परिसूचक घटेको दिन पनि ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ४ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ । यसले आइतबार नेप्सेमा देखिएको ‘सेल प्रेसर’ झल्काउँछ । परिसूचक सामान्य अंकले घटेपनि ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर बन्द भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको