आजको राशिफल

काठमाडौँ, २७ जेठ । आज २०८१ साल जेठ २७ गते आइतबारको राशिफल । 

मेष : प्रतिस्पर्धीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ। श्रमको मूल्यांकन हुनेछ। विदेशमा गरेको लगानीतर्फ आकर्षण बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : लगानीको क्षेत्रमा उत्साह बढ्नेछ। शिक्षामा लगानी बढाउनु राम्रो हुन्छ। साथीबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मानको अवसर प्राप्त हुनेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

मिथुन : तपाईंको प्रशंसा हुनेछ। निजी काम भन्दा समाजसेवामा समय जानेछ। परिवारसँगको रमाइलो भेटघाटमा दिन बित्नेछ। अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ।

कर्कट : पुरानो रिस पोख्ने शत्रुहरु सक्रिय भएकाले सचेत बन्नु राम्रो हुन्छ। भएको सम्पत्ति जोगाउने समय छ। ठुलो योजना नबनाउनु उचित होला। व्यापारमा फाइदा हुनेछ। दिनभरको कामले साँझपख मन उत्साहित हुनेछ।

सिंह : साथीको साथ मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा होला। शिक्षामा सन्तोष मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। खानपानमा ख्याल नगरेमा स्वास्थ्य खराब बन्ने जोखिम छ।

कन्या : व्यापारमा सफलता प्राप्त हुनेछ। लगानी भए स्वदेशमा उन्नति हुनेछ। परीक्षा लेखेको भए नतिजा उत्कृष्ट आउने दिन छ। परिवारमा मेलमिलाप होला। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

तुला : प्राविधिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। नयाँ पुस्तासँगको संगतले नयाँ सीप सिक्ने बाटो खुल्नेछ। परिवारमा बौद्धिक टकराब हुने भएकाले बढी तर्क नगर्नु राम्रो हुनेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। मनमा उत्साह बढ्नेछ। विदेशमा गरेको लगानीबाट ठुलो प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध शान्त हुनेछ।

धनु : समय राम्रो छ। श्रम गरेको ठाउँबाट राम्रो आम्दानी हुनेछ। दीर्घकालीन योजना बनाएर अगाडि बढ्नु राम्रो हुनेछ। स्वदेशमा लगानी गरेमा सम्भावनाका धेरै ढोका खुल्नेछन्।

मकर : झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विश्वास गरेका पात्रबाट धोका हुने जोखिम रहेको छ। थोरै बोलेमा विजय प्राप्त गर्नुहुनेछ। लगानीको क्षेत्रमा हात नलगाउनु राम्रो हुन्छ। राजनीतिक क्षेत्रमा भने विवाद हुने देखिन्छ।

कुम्भ : समय राम्रो छ। धेरैले तपाईंको प्रशंसा गर्नेछन्। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा बढ्ने दिन छ। बौद्धिक व्यक्तिसँगको भेटले परिवारमा मिलाप हुनसक्छ।

मीन : उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ। यात्रा गर्नै परेमा दुई पाङ्ग्रे सवारी साधनमा यात्रा नगर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारमा मेलमिलाप हुने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्