प्रधानमन्त्री प्रचण्डकाे भारत भ्रमणको कार्यतालिका प्रकाशित

काठमाडौँ, २६ जेठ । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यतालिका प्रकाशित गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्ने जानकारी दिएको हो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भोलि भारतको नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदीले प्रधानमन्त्रीको रूपमा लिन लागेको शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्डले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा उनको छोरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू सहभागी रहने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड १० जुनमा नेपाली फर्किने कार्यक्रम रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र ट्रान्सक्रिप्ट दिने निर्णय भएको छ । गत चैत २० मा शिक्षा

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ देखि जिल्ला अधिवेशन प्रारम्भ गर्ने भएको छ । आज बसेको सचिवालय बैठकले

काठमाडौँ, ६ बैशाख । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङ राईले देशका लागि गर्नुपर्ने बताएका छन्

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पुरानो क्रियाशील खारेज गर्ने नभई अद्यावधिक गर्न लागिएको बताएका छन् ।