भक्तपुरमा वः फेस्टिबल

काठमाडौँ, २५ जेठ । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले भोलि शनिवार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ ।

मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाको मध्य भाग अर्थात् वडा नम्बर ७  नगदेशको प्राङ्गणमा मेला आयोजना हुनेछ ।

बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलामा काठमाडौँ उपत्यकाका ख्यातीप्राप्त १८ वटा नेवारी रेष्टुराँ तथा स्थानीय किसान तथा आमा तथा महिला समुहलगायतले उत्पादन गरेका हरियो तरकारी र विभिन्न परिकारका नेवारी खाना उपलब्ध हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी वा तिनका ‘नजिकका हकदार’ भ्रष्टाचारसहित नैतिक पतन जनिने कसुरमा दोषी ठहर भए

काठमाडौँ, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट

विराटनगर, ७ वैशाख । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रवादी मिलेरै संविधानसभामार्फत संविधान घोषणा गरे पनि अहिले केही मिल्न नसकेको

काठमाडौँ, ७ वैशाख । अवकाश प्राप्त निजामती कर्मचारी भ्रष्टाचारलगायत नैतिक पतन हुने कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने