कारको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौँ, १० जेठ । वीरेन्द्रनगरमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिदा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाहीको मृत्यु भएको हो ।

शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने