कारको ठक्करबाट एक वृद्धको मृत्यु

काठमाडौँ, १० जेठ । वीरेन्द्रनगरमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार बेलुका वीरेन्द्रनगरको तिनकुनेस्थित बसपार्कदेखि पिपिरातर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिदा वीरेन्द्रनगर नगरपालिका–१२ का ७२ वर्षीय लोक बहादुर शाहीको मृत्यु भएको हो ।

शाहीको बायाँ खुट्टा र टाउकोमा चोट लागेर घाइते भएका उनको प्रदेश अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन हालसम्म फरार रहेको र खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ कार्तिक । लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज क्व्होलासोथार गाउँपालिका– ३ घलेगाउँबाट

काठमाडौँ, २१ कार्तिक । बजारमा तने बोडीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज

काठमाडौँ, २१ कार्तिक । डोल्पा जिल्लाबाट यस वर्ष २ करोड २० लाख रुपैयाँभन्दा बढीको स्याउ निर्यात भएको छ ।  राष्ट्रिय

काठमाडौँ, २१ कार्तिक । जागिरको प्रलोभन देखाएर अनलाइन ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा