काठमाडौँमा मृत भेटिएका व्यक्तिकी छोरी पक्राउ

काठमाडौँ, ८ जेठ । काठमाडौँको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो । कृष्ण नगरकोटी

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

नगरकोटीका छोरा भने काठमाडौँको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ कार्तिक । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी सभ्य, शिष्ट र सुसंस्कृत होस् भन्ने चाहेको बताएका छन् ।

काठमाडौँ, २२ कार्तिक । मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री सोनलले नेपालको संविधानको धारा

काठमाडौँ, २२ कार्तिक । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ कांग्रेसका निवर्तमान सांसद देवप्रसाद तिमल्सिनाका अनुसार कार्तिक

काठमाडौँ, २१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासंघले शनिबार काठमाडौंमा “राष्ट्रिय बृहत आर्थिक बहस २.०” कार्यक्रमको आयोजना गर्ने भएको छ ।