काठमाडौँमा मृत भेटिएका व्यक्तिकी छोरी पक्राउ

काठमाडौँ, ८ जेठ । काठमाडौँको थलीमा मृत फेला परेका व्यक्तिकी छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनकी छोरीलाई प्रहरीले बबरमहलबाट नियन्त्रणमा लिएको हो । कृष्ण नगरकोटी

घाँटीमा धारिलो हतियारले काटेको र अनुहार कालो कपडाले छोपेको अवस्थामा भक्तपुर नगरपालिका-७, छालिङ ठेगाना भएका कृष्ण नगरकोटी आज बिहान थलीको उकालोमा मृत फेला परेका थिए । कृष्ण ट्याक्सी चालक भएको खुलेको छ ।

नगरकोटीका छोरा भने काठमाडौँको फर्पिङमा घाइते अवस्थामा फेला परेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले टेकुमा ल्याएको छ । घटना शंकास्पद रहेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाह राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने