समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वले तीनवटा गलत भाष्य निर्माण गरे : अध्यक्ष ओली   

काठमाडौँ, १ बैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई गए राति भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताएका हुन् । उनले अहिले जबर्जस्त रूपमा अफवाह फैलाएर गलत भाष्य निर्माण गर्न खोजिएको र त्यसबाट जनतामा निराशा ल्याउने प्रयत्न भइरहेको बताए ।

‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कुनै पनि देश अरु कसैले नभई आफैँले बनाउनुपर्ने धारणा राखे । ‘नेपाल अरु कसैले आएर बनाइदिँदैन, हामी नेपाली आफैंले बनाउने हो । यो दह्रो आत्मविश्वास हामी सबैमा हुनुपर्छ । विशेष गरी युवामा यो हुनुपर्छ’, उनले भने ।

अध्यक्ष ओलीले समृद्ध नेपाल निर्माणको अभियानमा बाधा खडा गर्ने तत्वहरूले तीनवटा गलत भाष्य निर्माण गरिरहेको उल्लेख गर्दै सतर्क रहन सबै नेपालीलाई आह्वान गरे । उनले नेपाल बन्दैन भन्ने कुरा शतप्रतिशत झुटो रहेको पनि बताए । अध्यक्ष ओलीले भने, ‘पुराना सबै पार्टी खराब हुन् भन्ने कुरा, जन्मसिद्ध श्रेष्ठता कायम गर्ने कुरा र नेपाल बन्दैन, कसैले बनाउन सक्दैन भन्ने कुरा अहिले अफवाहका रूपमा फैलाइएको छ, यी तीनै कुरा गलत हुन् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । सर्वोच्च अदालतले सार्वजनिक निकायहरूले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिकहरू लिँदा श्रम ऐन र नियमले तोकेको

काठमाडौँ, ६ असोज । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच द्विपक्षीय भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्रसंघको ८१औँ