काठमाडौँ, २८ चैत । पोखराको एक घरबाट मंगलबार साँझ सुनका गहना चोरी भएको छ ।
पोखरा महानगरपालिका-१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गरगहना मंगलबार साँझ चोरी भएको हो ।
प्रहरीले चोरी संलग्न हाल फरार व्यक्तिको खोजी गरिरहेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।