मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ, २८ चैत । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार गोदावरी नगरपालिका-३ दमौरास्थित सडकमा सु.प.प्र.०१००८ प २७४५ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२ बुँदे निर्देशन जारी गरेको छ । आज संसदीय दलको कार्यालय

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई  सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको

काठमाडौँ, १६ बैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले माओवादी उग्र वामपन्थले समाज रुपान्तरण नगरेको बताएका छन् । आज काठमाडौँमा २७