निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन : अध्यक्ष लिङदेन

काठमाडौँ, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म र सरकारमा बस्नेहरूको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए । 

उनले सरकारले बनाउने ऐन, कानुनहरू निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । उनले ऐन, कानुन लगानीमैत्री नभए जतिसुकै ठूलो लगानी गरेर पनि लगानीकर्ताहरू नेपालमा नआउने जिकिर गरे । 

उनले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरू कार्यान्वयन हुन नसकेको बताए । अध्यक्ष लिङदेनले देश लगानीकर्ताहरूलाई आह्वान गर्न तयार छ कि छैन भन्ने प्रश्न गरे । अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको

काठमाडौँ, ३ माघ । गृहमन्त्री रमेश लेखकले नेकपा एमालेसँगको सत्ता सहयात्रामा कुनै समस्या नभएको दाबी गरेका छन् । आज पार्टी

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण गर्न पाउने कानुनलाई खारेज गरेको छ ।

काठमाडौँ, ३ माघ । अनुसन्धानबाट यकिन भएको तीन करोडसम्मको राजस्व चुहावटसम्बन्धी कसुरमा कुनै पनि व्यापारिक फर्म, निकाय वा व्यक्तिले बिगो