निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न सक्दैन : अध्यक्ष लिङदेन

काठमाडौँ, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म देश बन्न नसक्ने बताएका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले निजी क्षेत्रको मनोबल नउठेसम्म, निजी क्षेत्रमैत्री ऐन, कानुन नबनेसम्म र सरकारमा बस्नेहरूको नियत नसुध्रिएसम्म देश बन्न नसक्ने बताए । 

उनले सरकारले बनाउने ऐन, कानुनहरू निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए । उनले ऐन, कानुन लगानीमैत्री नभए जतिसुकै ठूलो लगानी गरेर पनि लगानीकर्ताहरू नेपालमा नआउने जिकिर गरे । 

उनले अघिल्ला लगानी सम्मेलनका प्रतिवद्धताहरू कार्यान्वयन हुन नसकेको बताए । अध्यक्ष लिङदेनले देश लगानीकर्ताहरूलाई आह्वान गर्न तयार छ कि छैन भन्ने प्रश्न गरे । अहिले निजी क्षेत्रको मनोबल खस्किएको भन्दै सरकारले निजी क्षेत्रको मनोबल बढाउन सक्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्