स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन जरुरी : राष्ट्रपति पौडेल

काठमाडौँ, २८ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औँ वार्षिकोत्सव समारोहमा उनले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था गर्न प्राथमिकता दिएको बताए । 

राष्ट्रपति पौडेलले संविधानको प्राथमिकतालाई कार्यान्वयनमा ल्याउनेतर्फ सरकारको ध्यानाकर्षण गराए । सरकारले स्वास्थ्य अनुसन्धानमा लगानी बढाउन र नवप्रर्वतनलाई प्रोत्साहित गर्नु जरुरी रहेको उल्लेख गरे । अनुसन्धानका निष्कर्षलाई व्यवहारिक समाधानमा रुपान्तरण गर्न शौक्षिक संस्था, उद्योग र सरकारबीचको सहकार्यलाई पनि बढावा दिनुपर्ने सुझाव दिए । उनले बदलिँदो परिवेशअनुसार नसर्ने रोग, जलवायु परिवर्तन, संक्रामक रोगलगायत मुद्दाहरूलाई विशेष प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ जेठ । भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त हुँदा पाँचजनाको मृत्यु भएको छ । भारतीय वायुसेनाको एएन–३२ परिवहन विमान शनिबार

एजेन्सी, ३० जेठ । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार

एजेन्सी, ३० जेठ । भारतको असममा भारतीय वायु सेनाको मालवाहक विमान (ट्रान्सपोर्ट एयरक्राफ्ट) दुर्घटनामा परेको छ । असममा अवस्थित जोरहाट एयर

एजेन्सी, ३० जेठ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले हालै युक्रेनले तीव्र पारेका आक्रमणहरूले रुसी अर्थतन्त्र र समाजलाई क्षति पुर्‍याइरहेको स्वीकार