आजको राशिफल

काठमाडौँ, २१ चैत । आज २०८० साल चैत २१ गते बुधबारको राशिफल ।   

मेष : यात्रा राम्रो हुनेछ। आफन्तको आगमनले घरमा खुशी मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : आफ्नो काम आफैंले गर्नुपर्ने समय छ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ।

कर्कट : शेयर बजारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

सिंह : दाम्पत्य जीवन सुखमय बित्नेछ। आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। प्रेममा सफलता मिल्नेछ।

कन्या : सभा सम्मेलनमा सहभागी हुने अवसर छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा असर गर्ने देखिन्छ।

तुला : अधिकारका लागि संघर्ष गर्नुपर्ने दिन छ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ।

वृश्चिक : यात्रा सफल हुनेछ। ठुला मान्छेसँगको भेट फलदायी हुनेछ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। गुमेको धन हात लाग्ने योग छ। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल हुनेछ।

धनु : लामो समयदेखि संघर्ष गरेको उपलब्धि हात लाग्नेछ। पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सामाजिक काम गर्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा उन्नति हुनेछ।

कुम्भ : आर्थिक कारोबारमा समस्या हुनेछ। परिवारमा घर व्यवहारकै कारण झगडा हुने जोखिम छ। बोलीमा नम्रता आवश्यक देखिन्छ। समाजमा प्राप्त सम्मान जोगाउनुपर्ने दिन छ।

मीन : लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। सामाजिक कार्यमा लगानी गर्नु फाइदा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने