सिटिजन्स बैंकका कर्मचारी मृत फेला

विराटनगर, ६ चैत । सिटिजन्स बैंक विराटनगरमा कार्यरत एक कर्मचारी होटेलमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बैंकका कर्मचारी क्षितिज घिमिरे विराटनगर महानगरपालिका–९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत फेला परेका हुन् ।

घिमिरेको शव सो होटेलको कोठा नम्बर १०९ मा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ । घिमिरे सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन परिवारका तर्फबाट सोमबार प्रहरी कार्यालयमा निवेदन दर्ता गराइएको थियो । उनको शव पोस्टमार्टमका निम्ति विराटनगरस्थित कोसी अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई नयाँ दिशामा अघि बढाइने बताएका छन् । नेपाल

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गरेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक