चितुवाको आक्रमणबाट चारजना घाइते

काठमाडौँ, ६ चैत । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । 

सोमबार साँझ चितुवाले कुकुर लगेको र मङ्गलबार बिहान कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपक श्रेष्ठले चितुवालाई भगाउन खोज्दा उनलाई आक्रमण गरेको वडाध्यक्ष गौतमहरि अधिकारीले जानकारी दिए । 

उनको अनुसार चितुवाले विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवालाई समेत आक्रमण गरेर घाइते बनाएको छ । घाइते चारै जनालाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल ग्लासग्लोमा

काठमाडौँ, २ असार । नेपाली क्रिकेट टिमले सोमबार त्रिकोणात्मक टी–२० सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ। स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले सिरिजको

काठमाडौँ, ३१ जेठ । स्कटल्याण्डमा भोलिदेखि शुरू हुने त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाका लागि नेपालको टोली घोषणा भएको छ । नेपाली राष्ट्रिय

काठमाडौँ, ३० जेठ । बङ्गलादेशमा अर्को महिना हुने साफ २० वर्षमुनिको वुमन्स च्याम्पियसिपमा नेपालसहित चार टोलीले मात्र सहभागिता जनाउने भएका छन्