चितुवाको आक्रमणबाट चारजना घाइते

काठमाडौँ, ६ चैत । धादिङको नीलकण्ठ नगरपालिका –७ मा चितुवाको आक्रमणबाट चारजना घाइते भएका छन् । 

सोमबार साँझ चितुवाले कुकुर लगेको र मङ्गलबार बिहान कुकुरलाई खाइरहेको देखेपछि स्थानीय दीपक श्रेष्ठले चितुवालाई भगाउन खोज्दा उनलाई आक्रमण गरेको वडाध्यक्ष गौतमहरि अधिकारीले जानकारी दिए । 

उनको अनुसार चितुवाले विद्यालय पढाउन जान लागेकी एक शिक्षिका, एक जना वृद्ध र अर्को युवालाई समेत आक्रमण गरेर घाइते बनाएको छ । घाइते चारै जनालाई जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ बैशाख । सरकारले तोकिएकोभन्दा बढी लगानी गर्ने लगानीकर्ताका लागि ‘लगानी भिसा’ उपलब्ध गराउने भएको छ । आगामी आर्थिक

काठमाडौँ, २८ बैशाख । बजारमा अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज आजदेखि लागु हुने गरी अन्डाको

काठमाडौँ, २८ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन

काठमाडौँ, २८ बैशाख । आज सुनको मूल्य घटेको चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन