नेपाली जनता राजकीय शक्तिको मालिक बनेका छन् : राष्ट्रपति पौडेल

महोत्तरी, ३ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन् ।  

आज राष्ट्रपति पौडेलले मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता,’ । 

राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि उनीहरूको मौलिक हक, अधिकारका लागि सङ्घर्षका गर्ने क्रान्तिको करिडोर हो, मटिहानीदेखि सिन्धुली, ओखलढुंगा हुँदै सगरमाथाको भूमि भएको बताए । उनले मधेसलाई प्रजातन्त्रको भूमिका रूपमा हामीले सम्मान गरिरहेको बताए । 

नेपाली जनताको ठुलो सङ्घर्ष, बलिदान र त्यागबाट आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण चरण पार गरेको बताउँदै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको बताए। 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न

काठमाडौँ, १५ बैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ।  अब सार्वजनिक खरिद ऐन,

काठमाडौँ, १५ बैशाख । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन

काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक धुम्बाराहीस्थित होटल