टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

 दाङ, ३ चैत । दाङमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका-१७ भैसाहीका ४५ वर्षीय कालीप्रसाद चौधरीको मृत्यु भएको हो ।

लमही-घोराही सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका- १७ सिस्ने खोला नजिकै नम्बर नखुलेको टिप्परले शुक्रबार सवा ८ बजे राति ठक्कर दिंदा चौधरीको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका चौधरीको घोराहीस्थीत राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि