समाजवादी शक्ति निर्माणमा जुटौँ : अध्यक्ष यादव

काठमाडौँ, २६ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समाजवादी शक्ति निर्माणमा सबैजना लाग्नुपर्ने बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् ।यादवले उत्पीडित नेपाली जनताको बलिदानी र सङ्घर्षले प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धीका लागि एकताबद्ध भएर लाग्नु पर्ने बताएका छन् । मुलुकमा विद्यमान भेदभाव, अशिक्षा, गरीबी, बेरोजगारीलगायतका समस्याबाट मूक्ति दिलाउने हामी सबैको कार्यभार भएको उनले बताए ।

उक्त अवसरमा सर्लाही हरिपुरका सुशील महराको नेतृत्वमा करिब एक सय युवा जसपा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् । पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवानको पहलमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य परशुराम बस्नेतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको