महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा लाखौँ दर्शनार्थी

काठमाडौँ, २६ फागुन । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको मन्दिरमा लाखौँ दर्शनार्थीले दर्शन एवम् पूजाअर्चना गरेका छन ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजुकुमार खत्रीका अनुसार हिजो बिहान दुई बजेदेखि नै पशुपति क्षेत्रमा लागेको दर्शनार्थीको घुइँचो राति अबेरसम्म उस्तै रहेको थियो । कोषले हिजो बिहान २ बजेदेखि आज बिहानसम्म २० लाख भक्तजनले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरेको थियो । हिजो एकैपटकमा १० जनासम्मले दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको थियो । शिवरात्रिका अवसरमा भारतबाट साधुसन्त र तीर्थयात्री पशुपति आएका छन् ।

यसवर्ष पशुपतिमा तीन हजारभन्दा बढी साधुसन्त आएका विकास कोषको अनुमान छ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा हुनसक्ने अवाञ्छित गतिविधिलाई सीसी क्यामरा तथा ड्रोनका माध्यमबाट निगरानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ बैशाख । तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन् । बुधबार नेपाली कांग्रेसका सभापति गगन थापालाई

पोखरा, १६  बैशाख । नेपाल सरकारले २०८२ चैत्र १३ गते जारि गरेको १०० बुंदे शासकीय सुधार कार्यक्रमको बुँदा न ७६

काठमाडौँ, १६ बैशाख । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत सहायता सम्बन्धी सम्झौता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात

काठमाडौँ, १६ बैशाख । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी अस्पताल भर्ना भएकी छन् । श्रम संस्कृति पार्टीका सांसद आरेन राईका अनुसार सुगरको