काठमाडौँ, २८ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिटर चलाउँदा वा गिजरको प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले एक बुलेटिन जारी गर्दै जाडो याममा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्ने, हिटर चलाउने र गिजरको प्रयोग गर्दा अप्रिय घटनाहरु हुने सम्भावना बढी भएकाले सावधानीपूर्वक प्रयोग गर्न आग्रह गरेको हो ।
