ब्राउन सुगरसहित दुई युवक पक्राउ

काठमाडौँ, २८ मंसिर । सिरहाबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीको गस्ती टोलीले सिरहा मिर्चैया नगरपालिका ५ बस्ने १८ वर्षीय रुपेश पासवान र सिरहा नगरपालिका ५ बस्ने २४ वर्षीय कृष्णाकुमार यादवलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका यादव र पासवानलाई चेकजाँच गर्दा पासवानको खल्तीबाट १ ग्राम ७२ मिलिग्राम ब्राउन सुगरे बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका