आफ्नै बन्दुक पड्किएर एक पुरुषको मृत्यु

पाल्पा, २४ मंसिर । पाल्पामा जंगली पंक्षी दुम्सी मार्न जाने क्रममा आफैले बोकेको बन्दुक पड्किएर एक पुरुषको ज्यान गएको छ ।

पाल्पाको निस्दी गाउँपालिका-४ मित्याल गाङसिङ्डाँडामा शनिबार बेलुका दुम्सी मार्न खोज्दा एस्थानीय ४८ वर्षीय डम्बरबहादुर सारुको बन्दुक पड्केर घाइते भई उपचारका क्रममा मृत्यु भएको हो ।

घर नजिकैको फापर बारीमा दुम्सी मार्न जाने क्रममा चिप्लियर लड्दा आफैले बोकेको भरुवा बन्दुक पड्कदा घाइते  भएको सारुको रामपुर अस्पतालमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । घटनास्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुर र एउटा झोला बरामद गरी थप अनुसन्धान गरिरहेको डीएसपी  श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका