आलु र प्याजका व्यापारीको आन्दोलन फिर्ता

काठमाडौँ, २२ मंसिर । आलु र प्याजको कारोबार व्यापारीको आन्दोलन फिर्ता लिएका छन् ।

आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याट (मूल्य अभिवृद्धि कर) नलाग्ने स्पष्ट पारेसँगै आलु र प्याजको कारोबार व्यापारीले आन्दोलन फिर्ता लिएका हुन् । स्वदेशी उत्पादन आलु र प्याजमा भ्याट लगाइएको विरोधमा व्यापारीले सो वस्तुको कारोबार नै ठप्प गरेका थिए । सरकारले आर्थिक विधेयक–२०८० मार्फत भारतीय उत्पादनलाई निरुत्साहित गर्न आलु र प्याज (सुकेको बाहेक) मा १३ प्रतिशत भ्याट लगाएको थियो । सोको असर नेपाली उत्पादनमा परेको भन्दै व्यवसायीले आलु र व्याजको कारोबार ठप्प गरेका थिए ।

विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा भ्याटनलाग्ने स्पष्ट पारेसँगै आलु र प्याजको कारोबार भोलि (शनिबार) बाट नियमित हुने नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिव प्रकाश गजुरेलले बताए । आन्दोलन अगाडि प्रतिकिलो आलुको ४० देखि ४६ रुपैयाँ र प्याजको ९० देखि ९५ रुपैयाँ प्रतिकिलो थियो । भारतले ४ महिनाको लागि आपूर्ति बन्द गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने