काठमाडौँ, १० मंसिर । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब ४८ अंकले बढेको छ । आज नेप्से ४७.७५ अंकले बढेर १९०७.९५ को बिन्दुमा पुगेको छ ।
आज २९४ धितोपत्रको ६५ लाख ३० हजार ६४३ कित्ता सेयर दुई अर्ब, एक करोड १७ लाख ६३ हजार ३५८ रुपैयाँमा किनबेच भएको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.१९ प्रतिशतले बढेर ३६४.८१ को बिन्दुमा पुगेको छ । यस दिन १३ वटै उपसमूहको समूहगत सूचकमा हरियाली देखिएको छ ।
आज जीवन बिमा उपसमूहको सूहगत सूचक सर्वाधिक ४.४४ प्रतिशतले बढेको छ ।