अनेरास्ववियु बागमती प्रदेशको अध्यक्षमा बुढाथोकी चयन

मकवानपुर, १० मंसिर । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु बागमती प्रदेश कमिटीको अध्यक्षमा एलबी बुढाथोकी चयन भएका छन् ।

शनिबार हेटौंडामा भएको अनेरास्ववियुको प्रथम अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । अध्यक्षका अर्का दाबेदार हालका अध्यक्ष सालिकराम पुडासैनीले आफू उम्मेदवार नबन्ने र बुढाथोकीलाई सघाउने निर्णय लिएसँगै सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । 

बुढाथोकीको नेतृत्वमा ९ पदाधिकारी सहित ५१ सदस्यीय कमिटी गठन चयन गरेको छ । कमिटीको ३ उपाध्यक्षमा क्रमशः युवराज दाहाल, अच्युत उप्रेती, निशा पुडासैनी चयन भएका छन् भने सचिवमा प्रकाश कालाखेती, सहसचिव प्रशान्त जङ्ग पाण्डे, पवन तामाङ र जिप छिरिङ शेर्पा चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा अमृत बर्तौला र कार्यालय सचिवमा लक्ष्मण सिलवाल चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने घोषणा गरेका छन् ।  चारदिने मध्यपूर्व भ्रमणको क्रममा

काठमाडौँ, ३१ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आतङ्कवादविरुद्ध कडा कारबाही गर्न पछि नपर्ने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्नुहुँदै

एजेन्सी, ३० वैशाख । म्यानमारमा जुन्टाले गरेको हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा २० जना बालबालिका

एजेन्सी, ३० वैशाख । अमेरिकासहितका मुलुकको मध्यस्थतामा युद्धविराम घोषणा भएको दुई दिनपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई आतंकवादको संरक्षण गरेको आरोप