म पार्टीको मात्र होइन, देशकै नेता हुँ : अध्यक्ष ओली

काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको मात्र नभएर देशकै नेता भएको बताएका छन् ।

नेपाल संवतको नयाँ वर्षको अवसरमा बसन्तपुर डबलीमा आयोजित एक कार्यक्रममा उनले आफूले देशका लागि ५८ वर्षसम्म लडेको, जेल नेल र यातना सहेको जिकिर गरे । उक्त कार्यक्रममा ओलीअघि बोलेका एक वक्ताले नेता पद्मरत्न तुलाधरको प्रशंसा गर्दै उनी पार्टीको नभएर देशको नेता भएको बताएका थिए । ओलीले माओत्सेतुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु, नरेन्द्र मोदी पनि उनीहरुको पार्टीको मात्र नभई आआफ्नो देशकै नेता भएको दाबी गरे ।

उनले भने, ‘जसले ५८ वर्ष देशका लागि लडेको छ, अनि म देशको नभएर पार्टीको मात्रै हो र ? म त देशको मान्छे हो, देशका लागि लडेको मान्छे हो, देशका लागि जेल नेल गएको मान्छे हो, देशका लागि यातना सहेको मान्छे हो । नरेशमानजीले अघि भन्नुभयो, पद्मरत्नजी कुनै पार्टीको नभएर सिँगै देशको हो । अनि म चाहिँ घरको मान्छे ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले राष्ट्रिय सेवा दल विधेयकमा बालअधिकार सुनिश्चित गर्न आग्रह गरेको छ

काठमाडौँ, ६ असोज । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न

काठमाडौँ, ६ असोज । काठमाडौँको त्रिपुरेश्वरमा चालक दावा लामाले गरेको आत्मदाह प्रयासपछि पूर्वमन्त्री  सुमना श्रेष्ठले राज्य संयन्त्र, कानुन कार्यान्वयन र मानवीय

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री बालेन शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन् । आज बिहान भएको टेलिफोन वार्तामा