प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आजबाट : यस्ता छन् एजेन्डा

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक चीन भ्रमण आजबाट सुरु हुँदै छ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन गएका छन् ।

प्रधानमन्त्री प्रचण्ड सुरुमा चीनको हन्जाउमा हुन लागेको १९औँ एसियन खेलको उद्घाटन समारोहमा सहभागी हुनेछन् । एसियन खेल समारोहमा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्ड बेइजिङ जानेछन् । बेइजिङमा उनले चिनियाँ कम्युनिस्ट पार्टीका अन्य नेताहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला चीनले प्रतिबद्धता व्यक्त गरेका अनुदानका कार्यक्रमलाई पनि एजेन्डमा राखिएको छ

भ्रमणको बेला चीनसँगका सीमा नाकाका विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दार्चुला, बझाङ, डोल्पा, गोरखा, संखुवासभा, दोलखालगायतका जिल्लामा रहेका चीनसँगको नाकाहरू वर्गीकरण गरेर बाह्रै महिना चल्ने नाकाहरूलाई त्यहीअनुसार सञ्चालन ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । केही एजेन्डा जलस्रोत क्षेत्रसँग सम्बन्धित रहेका छन् । यसमा जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइन पर्छन् । सडक निर्माणको विषयमा पनि चीनसँग सहयोग माग्ने तयारी छ । सेतीमा फास्ट ट्रयाक बनाउने, हिल्सादेखि सुर्खेतसम्म सडक, नुवाकोटदेखि छहरेसम्म एउटा टनेलको निर्माण, कोदारी राजमार्गको अपग्रेड र पुनर्निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि केही परियोजनाहरु अगाडि बढाउने योजना रहेको मन्त्रालयले जनाएको छ । चीन भ्रमणमा व्यापार घाटालाई पनि ध्यानमा राखेर नेपालको तर्फबाट चीनतिर निर्यात हुनसक्ने मालसामान के के हुन सक्छन्, त्यसमा चीन र नेपालले साझा लगानी गरेर उत्पादन कसरी वृद्धि गर्न सकिन्छ र व्यापार घाटालाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय