गमगढी बजारमा आगलागी, ८ घर जले

मुगु, ६ असोज । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

प्रहरीका अनुसार गएराति करिब १२ बजेबाट सुरु भएको आगलागीका कारण ८ घर पूर्ण रूपले जलेका छन् ।  जलेका घरमा कम्प्युटर पसल, मोबाइल पसल, होटेल, सैलुन, ग्याँस सिलिन्डर गरी ९ वटा पसल सञ्चालनमा थिए ।

तार्के लामा, सोनाम लामा, जङ ऐडी, सान्तोना खत्री, पन्च सेजुवाल, पिआर मल्ल,  प्रदीप रावल र  पुतली शाहीको घर पूर्ण रूपमा जलेको छ ।

त्यसै गरी उक्त घरमा सञ्चालित महम्म्त साकिर कवडिया, साजन सल्मानी, शेरबहादुर मल्ल, रुपदेवी बुढा,  उद्दिम भाम, पिआर मल्ल, लक्ष्मी मल्ल, नरेश शाही र पूर्णा लक्ष्मी मल्लको पसलमा पनि पूर्ण क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले