एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप दिने आज अन्तिम दिन 

काठमाडौँ, ५ असोज । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस एचपीभीविरुद्धको डेमोस्ट्रेसन खोप अन्तिम दिन आज पनि दिइँदै छ । सरकारले भदौ २७ गतेबाट सुरु गरेको यो खोप १४ वर्ष पूरा भइ १५ नकटेका किशोरीलाई दिइएको हो । 

भदौ २७ गतेदेखि सुरु भएको खोप कार्यक्रमको तालिका यसअघि ३१ गतेसम्म भए पनि म्याद थप गरी असोज ५ गतेसम्म दिन लागिएको हो । अन्तिम दिन शुक्रबार (आज) कोसी अस्पताल बिराटनगर, नारायणी अस्पताल वीरगञ्ज, परोपकार प्रसुति गृह थापाथली, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल वीरेन्द्रनगर र डडेलधुरा अस्पतालबाट दिइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एचपीभी एक प्रकारको जीवाणु हो । विभिन्न देशहरूमा गरिएको अध्ययन अनुसार पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व एचपीभी हो । पाठेघरको मुखको क्यान्सर मध्ये ९५ प्रतिशत एचपीभीले गराउँछ । यो जिवाणुका दुईसय बढी प्रजाति हुन्छन्, तिमध्ये १६ र १८ प्रजाति क्यान्सरका प्रमुख कारक हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । नेपाल राष्ट्र बैंकले आज बिहीबारको लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय