नेप्से परिसूचक ४४.३४ अंकले बढ्यो

काठमाडौँ, ४ असोज । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४४.३४ अंकले बढेको छ । कारोबार समयदेखि नै निरन्तर बढेको नेप्से परिसूचक २.२३ प्रतिशतले बढेर बन्द भएको हो ।

यसक्रममा आज २१७ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, २ कम्पनीको मूल्य स्थिर कायम छ ।

१९ सय ८८ बाट सुरु भएको नेप्से परिसूचक ४४ अंकले बढेपछि २०२९ पुगेर रोकिएको छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा ३ अर्ब २९ करोड ३९ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ६४ हजार कित्ता सेयर किनबेच भएको छ ।

परिसूचकमा उत्साहजनक वृद्धि आउँदा १४ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । यसमध्ये ४ कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले नै बढेको छ ।

आज सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको २० करोड रुपैयाँको सेयर कारोबार भएको हो ।

यस्तै, आज हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर ७ लाख २९ कित्ता सेयर किनबेच भएको छ भने सन नेपाललाईफको सेयर ३२ हजार पटक किनबेच भएको नेप्सेले जनाएको छ । परिसूचक बढ्दा सबैजसो समूहमा उत्साहजनक वृद्धि देखिएको छ । जसमध्ये आज निर्जीवन बीमा समूहको सूचक १८६ अंकले बढ्दा जीवन बीमा समूहको सूचक १८० अंकले बढेको छ ।

यस्तै, विकास बैंक समूहको सूचक १४२ अंकले बढ्दा उत्पादनमूलक समूहको सूचक १४७ अंकले बढेको छ । यसबोहक जलविद्युत समूहको सूचकमा १०९ अंक, लघुवित्त समूहको सूचक ८२ अंक र वित्त समूहको सूचक ७५ अंकले बढेको छ । यसबाहेक अन्य समूहमा समेत उत्साहजनक सुधार देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २८ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा पछिल्लो महिना मूल्यवृद्धि तीन वर्षयताकै तीव्र गतिमा बढेको उल्लेख गर्दै आफूलाई महँगी

एजेन्सी, २८ जेठ । युक्रेनले रुसको सैन्य तथा ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै बुधबार गहिराइसम्म पुग्ने लामो दूरीका आक्रमणहरू गरेको छ

एजेन्सी, २७ जेठ । फिलिपिन्सको मिन्डानाओको दक्षिणी तटमा सोमबार आएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा ४५ जनाको मृत्यु भएको राष्ट्रिय

एजेन्सी, २७ जेठ । पाकिस्तानले अफगानिस्तानमा हवाई आक्रमण गरेको छ । पाकिस्तानले आफ्नो सीमाभित्र छिरेर गरेको आक्रमणमा १३ जना सर्वसाधारण मारिएका अफगानिस्तानले