सर्पले टोकेर एक महिलाको मृत्यु

काठमाडौँ, ४ असोज । सर्पको टोकाइबाट सिन्धुलीमा ६५ बर्सिया महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौली नगरपालिका–६ स्थित हर्षाही बस्ने जानुकी माझीको सर्पले टोकेर मृत्यु भएको हो ।

असोज ३ मा सर्पले टोकेपछि उनलाई दुधौली स्थित सर्पदंश अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । दायाँ हातको औँलामा सर्पले टोकेको प्रहरीले जनाएको छ ।

परिवारले शव जिम्मा लिएर दाहसंस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि

काठमाडौँ, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । उक्त पार्टीले बिहीबार बिहान ८ बजे केन्द्रीय

काठमाडौँ, ३ असार । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारउन्मुख बनाइने बताएका छन् । आज मध्यपश्चिम विश्वविद्यालयको

काठमाडौँ, ३ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले सन् २०२६ मा जापानमा आयोजना हुने २० औँ एशियाली