संविधान कार्यान्वयनमा दलहरू चुकेका छन् : नेता सिटौला

काठमाडौँ, २ असोज । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन् । 

मंगलवार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्क समेत गरे । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताए । माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उनको भनाई थियो ।

तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको बताए । उनले संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आएपनि त्यसलाई शान्त ढङ्गले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भूमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

कास्की, १५ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ । पार्टीको गण्डकी

काठमाडौँ, १५ असोज । संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

काठमाडौँ, १५ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वर्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन

सुर्खेत, १५ असोज । नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थल सिटीहलमा तोडफोड भएको छ । वीरेन्द्रनगरस्थित सिटीहलमा प्रदेशको नयाँ नेतृत्व चयनका