संसदले अभिभावक गुमायो : पूर्वसभामुख घर्ती

काठमाडौँ, २ असोज । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताएकी छन् । 

मंगलवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङ र संविधान विषयक कार्यक्रममा बोल्दै उनले स्व.नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनी संसदको अभिभावक भएको बताइन् । पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उनले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैँ सम्झिरहने बताइन् । उनले नेम्वाङलाई समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रुपमा स्मरण गरिन् । उनले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताइन् । घर्तीले स्व. नेम्वाङ संविधान सभाको सफल अध्यक्ष भएको बताइन् । 

उनले भनिन्, ‘आज हामीले एक अभिभावक गुमाएका छौँ संसदको लागि । संसद चलाउनका लागि आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक नै गुमाएको छ । साथै एक समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ । यो पनि हाम्रो ठूलो क्षति हो । आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ । हामी सबैले सम्झिरहन्छाँै ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ असोज । पत्रकार आचारसंहिताको उल्लङ्घन नहुने गरी पत्रकारिता गर्न नयाँ अनलाइनका सम्पादक/प्रकाशकले प्रतिबद्धता जनाएका छन् । सन्तुलित र

काठमाडौँ, ९ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य एवं सो पार्टीको

काठमाडौँ, ९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नियमित हवाई उडान (बिजनेस) दिन चीन तयार भएको छ । चिनियाँ लगानीमा

काठमाडौँ, ९ असोज । काठमाडौँको इन्द्रजात्रा अवलोकन गर्न चीनको नान्जिङ्ग नगरका उपप्रमुख जी ताइजुन नेतृत्वको प्रतिनिधि मण्डल काठमाडौँ आइपुगेको छ । चिनियाँ