संसदले अभिभावक गुमायो : पूर्वसभामुख घर्ती

काठमाडौँ, २ असोज । पूर्वसभामुख ओनसरी घर्तीले संसदमा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व सुवासचन्द्र नेम्वाङलाई संसदले गुमाएको बताएकी छन् । 

मंगलवार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित सुवास नेम्वाङ र संविधान विषयक कार्यक्रममा बोल्दै उनले स्व.नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै उनी संसदको अभिभावक भएको बताइन् । पूर्वसभामुख घर्तीले राजनीतिक वृत्तमा उनले खेलेको मध्यस्थकर्ताको भूमिका राज्यले सधैँ सम्झिरहने बताइन् । उनले नेम्वाङलाई समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने र असल नेताको रुपमा स्मरण गरिन् । उनले देशको लागि नेम्वाङको निधनले ठूलो क्षति पुगेको बताइन् । घर्तीले स्व. नेम्वाङ संविधान सभाको सफल अध्यक्ष भएको बताइन् । 

उनले भनिन्, ‘आज हामीले एक अभिभावक गुमाएका छौँ संसदको लागि । संसद चलाउनका लागि आजको परिस्थितिलाई सम्हाल्नका लागि, आजको संकटलाई सजिलै सहजीकरण गर्नका लागि संसदले अभिभावक नै गुमाएको छ । साथै एक समन्वयकारी, सजिलै पहुँच राख्नसक्ने, सरल व्यक्तित्व, सबैले मन पराउने, एक असल नेता पनि देशले गुमाएको छ । यो पनि हाम्रो ठूलो क्षति हो । आफू उहाँ पदीय मर्यादामा रहँदा पदीय मर्यादा कहिल्यै पनि भुल्नुभएन । उहाँ संविधान सभाको सफल अध्यक्ष हुनुहुन्छ । हामी सबैले सम्झिरहन्छाँै ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय