हामीलाई गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ : अध्यक्ष नेपाल

काठमाडौँ, १ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर राख्ने र गठबन्धनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको बताएका हुन् । ‘आज गठबन्धनलाई धारे हात लगाएर, यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ, त्यसबाट होशियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु’, उनले भने, ‘त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो ।’

अहिलेको गठबन्धन निर्माणमा आफूहरुको अग्रणी भूमिका रहेको भन्दै उनले कसैले तानेर गठबन्धनमा नल्याएको जिकिर गरे । त्यसैले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी पनि आफूहरुको रहेको अध्यक्ष नेपालले बताए । ‘हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ । कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ । बेठीक भए त्यसको आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय