विदेशी मुद्रासहित एकजना पक्राउ

हेटौँडा, १ असोज । मकवानपुरमा विभिन्न देशका मुद्रासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय रम्भु दास छन् । आइतबार साँझ हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

हेटौँडाबाट वीरगन्जतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ३६४ नम्बरको माइक्रोबसमा उनी सवार थिए । चेकजाँचका क्रममा दासको साथबाट युरो चार हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३१५ बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । एकै घरका दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ परेका छन् । रोल्पाको

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय