डेंगु सङ्क्रमित सङ्ख्या २४ हजार ४ सय नाघ्यो

काठमाडौँ, २२ भदौ । नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या २४ हजार ४१७ जना पुगेको छ ।   

ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)ले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा २४ हजार १२ सङ्क्रमित थिए  भने आज यो संख्या बढेर २४ हजार ४१७ जना पुगेको छ । अर्थात् ४०५ सङ्क्रमित बढेका हुन् ।  

गएको साढे सात महिनाको अवधिमा  सङ्क्रमित मध्ये १४ जनाको मृत्यु भएको छ । यस्तै डेंगु सङ्क्रमण ७५ जिल्लामा देखिएको  ईडीसीडीले जनाएको छ ।

सङ्क्रमण देखिएको जिल्लाहरू मध्ये सबैभन्दा धेरै  १३ हजार ८७७  जनामा सङ्क्रमण सुनसरी जिल्लामा पुष्टि भएको छ । दोस्रोमा २ दुई हजार २५४ जना मोरङमा सङ्क्रमण पुष्टि भएको छ । तेस्रोमा २ हजार १९७ जनामा धादिङमा पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । काठमाडौँको नयाँ बानेश्वरमा ड्युटीमा खटिएकी प्रहरी जवानलाई आक्रमण गर्ने एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको