देउवाको समर्थनमा सभापति बन्लान् शशांक ?

काठमाडौँ, २१ भदौ । ‘शेरबहादुर देउवाको समर्थनमा १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने सम्भावना छ, किन छैन? नहुने भन्ने के छ र?’ नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले बुधबार चितवनमा दिएको अभिव्यक्ति हो यो।

आगामी महाधिवेशनमा सभापति शेरबहादुर देउवाको समर्थनमा सभापतिको उम्मेदवार बन्न लागेको हो भन्ने पत्रकारहरू प्रश्नमा शशांकले भने, ‘सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरूको विचार यही नै हुन सक्छ। पूर्वदेखि पश्चिमसम्म साथीहरूसँग भेटघाट गरौं, उहाँहरूको विचार सुनौं अनि मात्रै निर्णय गर्छु। ’विधानको व्यवस्थाअनुसार चार वर्षमा महाधिवेशन भए अझ १५औं महाधिवेशन हुन २७ महिना बाँकी छ। तर, २०४६ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसको महाधिवेशन विधानको व्यवस्थाअनुसार चार वर्षमा कहिल्यै भएको छैन।

बरू विधानलाई पटकपटक मिच्दै आएको कांग्रेसले संवैधानिक व्यवस्थाअनुसारको समय लिएर मात्र महाधिवेशन गर्ने गरेको छ। तर, कांग्रेसका नेताहरूले महाधिवेशनको जोडघटाउ अहिलेदेखि थालेका छन्। १४औं महाधिवेशन भएको २१ महिनामा विधानअनुसार कांग्रेसले कुनै काम गरेको छैन। तर, १५औं महाधिवेशनमा उम्मेदवार बन्ने र नेतृत्व हत्याउने होड कांग्रेसमा अहिलेदेखि नै सुरु भएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २५ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । राष्ट्रपति

स्याङ्जा, २५ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू अझै नरम हुन तयार रहेको बताएका छन्

काठमाडौँ, २५ भदौ । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले कानुन निर्माणमा राष्ट्रिय सभाका कारण अवरोध भएको भन्ने अभिव्यक्ति दिएको भन्दै

काठमाडौँ, २५ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसलाको प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टै कानुनी