बुटवल, १६ असार । लगातार परेको वर्षाका कार०ा तिनाउ नदीको जलसतह खतरा तह भन्दा माथि रहेको छ । उक्त नदीमा आज खतरा तह माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीमा पानीको सतह ५.६ (एम) खतराको तह भएकोमा ७.२२ (एम) सतहमा पुगेको सूचनामा उल्लेख छ । तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा बसोबास गर्नेहरूलाई दिउँसो तीन बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
देशका अन्य नदीहरुको बहाव बढ्दो क्रममा रहे पनि सतर्कता तह भन्दा तलै रहने महाशाखाले जनाएको हो । आज रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), आसपास भई बहने केही स-साना नदीहरुमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउनसक्ने महाशाखाको भनाई छ । सो स्थानको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।





