माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ, १५ असार । वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा घर भई काठमाडौँको टोखा नगरपालिका–३ धापासी बस्ने ३८ वर्षीय युवराज लिम्बु रहेका छन् ।

लिम्बुले भुवन भट्टलाई माल्टा पठाएर पानीजहाजमा काम लगाइदिन्छु भन्दै ६ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको कालोपुलबाट पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ असोज । निर्वाचन आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउँदै आफ्नो आधिकारिक वेबसाइटमार्फत प्रारम्भिक मतदाता नामावली प्रकाशन

काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त

काठमाडौँ, ६ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दै छ । बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

काठमाडौँ, ६ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा भने