बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ : सांसद पौडेल

काठमाडौँ, २८ जेठ । नेकपा एमालेका सांसद एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकमा विद्यमान समस्या समाधानका लागि कुनै दृष्टिकोण दिन नसकेको बताएका छन् ।

आज प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमाथि बोल्दै सांसद पौडेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको उनले बताए । 

पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराए । यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताए । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भनेर उम्किन खोजिएको बताए । 

सांसद पौडेलले भने– ‘यसरी सिद्धान्त र प्राथमिकतासँग, नीति कार्यक्रमसँग बजेट अन्तरसम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने धर्म निर्वाह किन गर्नुपर्‍यो । यो बजेटले मुलुकको अर्थतन्त्रलाई चिन्न पनि सकेको छैन र मुलुकको निम्ति कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान समस्या समाधानका लागि कुनै दृष्टिकोण पनि दिन सकेको छैन । बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ । अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गर्न समाधानका उपायहरू अघि सार्न सकेको छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । सप्तरीमा मन्जुरीविना बिहे गराइदिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९

काठमाडौँ, ४ असार । नारायणगढ–मुग्लिन सडकमा दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बुधबार राति

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, ४ असार । २०८३ साल असार ४ गते बिहीबारको राशिफल ।  मेष : दिन सामान्य छ। प्रष्ट गरी बोल्नुपर्ने समय