रास्वपालाई अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

काठमाडौँ, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको दाबी गरेका हुन् । 

उनले भने, ‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असार । काठमाडौँको कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूलाई तानातान गर्ने र भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने

काठमाडौँ, ३ जेठ । सुर्खेतमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, लेकबेसी

काठमाडौँ, ३ असार । प्युठानमा खोलाले बगाएर दाजुभाइको मृत्यु भएको छ । प्रहरीका अनुसार नौबहिनी गाउँपालिका–५, काटे बस्ने यामबहादुर खत्रीका छोराहरू

काठमाडौँ, ३ असार । कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय