रास्वपालाई अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

काठमाडौँ, २७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबै खाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको दाबी गरेका हुन् । 

उनले भने, ‘तपाईंहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौँ । २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम जनताले घरघरमा महसुस गरिसकेका छन् । तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ । त्यसमा हामी चनाखो हुँदै जानुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा